‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक
चलचित्र ‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई नवअभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतका कलाकारले अभिनयमा डेब्यु गर्दैछन् ।
२०७७ को बैशाख १२ लाई प्रदर्शन लक्ष्य राखेको चलचित्रमा निर्देशक भट्ट, अमित शर्मा र सुनिल नेउरेको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी, हिमाल केसीसहित निर्देशक भट्टको एक्सन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
